बजार संक्षेप

सेलवेज र सेल्सबेरीमा एनआइसीका ग्राहकलाई छुट

  नागरिक   2019-09-25

काठमाडौं– एनआइसी एशिया बैंक र सेलवेज क्यास एन्ड क्यारी प्रालि अन्तर्गतका सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी क्युआरमार्फत सामान खरिदको भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्म छुट हुनेछ । 
यो अफर सेल्सबेरी डिपार्टमेन्टल स्टोरको सबै आउटलेटमा र सेलवेज डिपार्टमेन्टल स्टोरको पोखरा आउटलेटमा लागू हुने बैंकको विज्ञप्तिमा उललेख छ । सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सेलवेजका कम्पनीका प्रमुख वित्त अधिकृत सन्दिप प्रधानांगले हस्ताक्षर गरेका हुन् ।
असोज पहिलो हप्तादेखि छठ पर्वसम्म लागू हुने यो योजनाबाट ग्राहकले अधिकतम लाभ लिन सक्ने बैंकले जनाएको छ । 

यसमा तपाईको मत