बजार संक्षेप

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

  नागरिक   2019-11-15

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी तीनकुनेबीच सेवा सुविधामा छुटसम्बन्धी सम्झौता भएको छ । 
सम्झौताअनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, डेबिट कार्डबाहक तथा ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका देशभर सञ्चालित होटल तथा रेस्टुरेन्टका विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्म छुट प्रदान गर्ने हुने जनाइएको छ । 
सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक अपूर्वप्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल बैंकले ८७ शाखाबाट सेवा दिँदै आएको छ ।

यसमा तपाईको मत