बजार संक्षेप

विदेशबाट नेपाली सञ्चारमाध्यममा प्रत्यक्ष विज्ञापन

  नागरिक   2020-01-03

काठमाडौं,– वेलकम एड्भरटाइजिङ र एडस्टार्टरले रणनीतिक साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 
नेपाली सञ्चारमाध्यममा विज्ञापन बुकिङ/संकलन र प्रसारण/प्रकाशन गर्ने विषयसम्बन्धी सम्झौतापत्रमा वेलकमका अध्यक्ष निर्मलराज पौडेल र एडस्टार्टरका नेपालस्थित कार्यालयका प्रबन्ध निर्देशक निरन्जन खनालले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्झौता अनुसार एडस्टार्टरले आफ्नो वेबसाइटमार्फत नेपाल र विदेशमा बस्ने दुवै किसिमका विज्ञापनदाताबाट दिइएको विज्ञापन बुकिङ/संकलन गर्नेछ भने वेलकमले संकलित विज्ञापन नेपालको छापा र प्रसारण माध्यममा प्रकाशन/प्रसारण गर्नेछ । 
 
 

यसमा तपाईको मत