बजार संक्षेप

डिजिटल भुक्तानी प्रणाली विस्तार तथा प्रवर्द्धन गर्न नेपाल क्लियरिङ हाउस र युकेएडको सक्षम (Access to Finance) बीच साझेदारी

    2019-06-05

काठमाडौँ - नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले युकेएडको सक्षम -Access to Finance) (सक्षम) Programme सँग connectIPS e-Payment प्रणाली प्रवर्दन गर्न, National Payments Interface (NPI) लागू गर्न तथा Settlement Guarantee Fund (SGF) विस्तार गर्न साझेदारी सम्झौता भएकोमा आज एक कार्यक्रमको आयोजना गरी औपचारिक घोषणा गरिएको छ । उक्त पत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान र सक्षमका टीम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका छन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकज्यूहरु, अन्य पदाधिकारीहरु , वाणिज्य बैंक , विकास बैंक, वित्त कम्पनी संघका अध्यक्षज्यूहरु, म्ँक्ष्म् का प्रतिनिधीहरु समेतको उपस्थिती रहेको थियो ।  

उक्त परियोजना अन्तर्गत उल्लेखित तीन प्रमुख कार्यहरु गरिने भएको छ 
●    connectIPS e-Payment प्रणालीको प्रवर्द्धन गर्ने तथा त्यसको बारेमा सचेतना जगाउने र तालिम दिने
●    National Payments Interface (NPI) निर्माण गरी लागू गर्ने
●    Settlement Guarantee Fund को विस्तार गर्ने

उल्लेखित कार्यहरुले नेपाल भरिका बैंक वित्तिय संस्थाहरु लगायत तीनका ग्राहकहरु, सरकारी तथा अर्ध(सरकारी निकायहरु, ठूला कर्पोरेटहरु, साना तथा मझौला कम्पनीहरु, PSP/PSO लगायतका विभिन्न लाभग्राही समूहहरुलाई प्रभाव पार्ने बिश्वास लिइएको छ । यस परियोजनाले देशव्यापी रूपमा P2P, P2G, G2P, C2B tyf C2B जस्ता कारोबारहरुलाई बृद्धि गरी डिजिटल अर्थतन्त्रको निर्माण गर्ने सरकारी योजनालाई समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
उक्त कार्यक्रममा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत प्रधानले मन्तव्य राख्दै भन्नुभयो, “हामीले नेपाल राष्ट्र बैंकको राष्ट्रिय भुक्तानी प्रणाली विकास रणनीतिसँग मेल खाने गरी विभिन्न भुक्तानी प्रणालीहरूको स्थापना तथा सञ्चालन गरिआएका छौं। हाल रणनीतिक रुपमा त्यस्ता प्रणालीहरूलाई समेत एकीकृत गर्ने, बैंक तथा वित्तीय संस्थाहरू तथा भुक्तानी क्षेत्रका सरोकारवालाहरूलाई डिजिटल भुक्तानी सेवाहरू विस्तार गर्नको लागि आवश्यक मद्दत पुर्याउने रहेको छ । हाम्रो डिजिटल भुक्तानी सेवा विस्तार गर्न गरिएका पहलहरुका लागि आजको साझेदारीले मद्दत पुग्ने अपेक्षा गरेका छौं।
सक्षमका टीम लिडर दाहालले मन्तव्यको क्रममा भन्नुभयो, ““नेपालमा भुक्तानी प्रणालीहरूको आधुनिकीकरण तथा सबलीकरणको लागि सक्षमले काम गरिआएको छ । RTGS तथा CSD प्रणालीहरूको स्थापना तथा सञ्चालनको लागि सक्षमले नेपाल राष्ट्र बैंकलाई सहयोग गर्दै आएको र हाल कार्यन्वयनको चरणमा रहेको छ । सक्षमले सहयोग गर्ने तथा मुख्य सरोकारवालाहरूसँग काम गर्ने  परिकल्पना गरेको छ । नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकासलाई, बैंक तथा वित्तीय संस्था, एक्एरएक्इ, विभिन्न संस्था र ग्राहकहरूको लागि साझा प्रणाली उपलब्ध गराई ती संस्थाहरूले विना अवरोध भुक्तानी सेवा प्रवाह गर्न एनसीएचएलसँगको यस साझेदारीले सहयोग गर्ने छ । 

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित संस्था एनसीएच्एलले अधिकांश बैंक तथा वित्तीय संस्थाहरू तथा केही गैर बैंकिङ संस्थाहरूको निम्ती ल्ऋज्ी(भ्ऋऋ, ल्ऋज्ी(क्ष्एक् तथा अयललभअतक्ष्एक् भ(उबथmभलत प्रणालीहरू स्थापना गरी सफलतापूर्वक सन्चालन गर्दै आइरहेको छ।

यसमा तपाईको मत