बजार संक्षेप

सनफ्लो सनफ्लावर तेलमा हिराको हार

  नागरिक   2019-10-24

काठमाडौं– केएल दुगड ग्रुपअन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिले सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साह जनक अफर ल्याएको छ ।
२३ अक्टुबरबाट लागू हुने उक्त योजनाअन्र्तगत आधा लिटर वा एक लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिदमा प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरेर ३१००८ मा एसएमएस गर्नुपर्ने छ । 
‘सनफ्लो मा पकाऔं मिठो परिकार, साथमा पाऔं हिराको हार उपहार’ नारासहित  हरेक १५ दिनमा लक्की ड्रमार्फत एक जना विजेताले हिराको हार, दुई विजेताले हिराको टप र दुई विजेताले हिराको लकेट जित्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । साथै एक भाग्यशाली विजेताले बम्पर लक्की ड्रअन्र्तगत योजनाको अन्त्यमा हिराको नेकलेस सेट जित्न सक्ने कम्पनीले जनाएको छ ।
त्यस्तै हिराको नेकलेस विजेताले सनफ्लो सनफ्लावर तेल खरिद गरेको पसलले ३२ इन्चको टिभी प्राप्त गर्ने उल्लेख छ । यो योजना सुरु भएको तीन महिनासम्म मात्र लागू हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत