बजार संक्षेप

धौलागिरी  र आँधीखोला गाभिने

  नागरिक   2019-12-20

काठमाडौं– धौलागिरी लघुवित्त वित्तीय संस्था र आँधीखोला लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिने भएका छन् । बुधबार पोखरामा दुवै संस्थाका मर्जर समितिका संयोजक र पदाधिकारीको उपस्थितिमा गाभिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको बताइएको छ । 
यो मर्जर सम्झौतापछि संस्थाको नाम धौलागिरी आँधीखोला लघुवित्त वित्तीय संस्था रहनेछ । संस्थाको अध्यक्षमा धौलागिरीका इश्वरलाल राजभण्डारी रहनेछन् । संस्थाको प्रमुख कार्यकारी अधिकृतमा आँधीखोलाका डोलराज केसी र नायब प्रमुख कार्यकारी अधिकृतमा धौलागिरीका शिवराम जोशी रहने समझदारी भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
मर्जरपछि संस्थाको कार्यालय पोखरा महानगरपालिका–९ मा रहनेछ । मर्जरपछि चुक्ता पुँजी १७ करोड र शाखा ५५ पुग्ने बताइएको छ ।
 

यसमा तपाईको मत