बजार संक्षेप

देवःको एकीकृत कारोबार सुरु

    2019-07-17

काठमाडौं,– देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ ।
उक्त कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा गभर्नर चिरञ्जीवी नेपालले केन्द्रीय बैंकले अघि सारेको मर्जर तथा प्राप्ति नीतिबारे चर्चा गर्दै बैंक तथा वित्तीय संस्थाले मर्जर तथा प्राप्तिको अवसर उपयोग गरी आफ्नो वित्तीय आधार बलियो बनाएर अन्तर्राष्ट्रिय आर्थिक क्षेत्रमा समेत व्यावसायिक पहँुच पु¥याउन सक्षम हुनुपर्ने बताएको उल्लेख छ । 
 

यसमा तपाईको मत