बजार संक्षेप

देवः विकास बैंक र सेलपेबीच सहकार्य

  नागरिक   2019-09-30

काठमाडौं– देवः विकास बैंकले डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्न सेलपे प्रालिसँग सहकार्य गरेको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठ र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
अब बैंकका ग्राहकले सेलपेमा आफ्नो खाता आवद्ध गर्नेबित्तिकै एक सय रुपैयाँको मोबाइल रिचार्ज पाउने, सेलपेमार्फत बिलको भुक्तानी गर्दा आकर्षक लोयाल्टी प्वाइन्ट पाउने विज्ञप्तिमा उल्लेख छ । 
ग्राहकले सेलपेमा आवद्ध गरिसकिएका अन्य बैंकमा वा त्यहाँबाट देवः विकास बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्ने पनि जनाइएको छ । सेलपे भुक्तानी विकल्प रहेका स्थानमा सेलपेमार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सकिनेछ । यसमार्फत मोबाइलको टप–अप, बिजुली, खानेपानी, इन्टरनेट, केबल बिललगायत बिल भुक्तानी गर्न सकिने छ । हाल बैंकले ६९ शाखा, ११ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ ।
 

यसमा तपाईको मत