बजार संक्षेप

देवःको नगद फिर्ता योजना

  नागरिक   2019-12-18

काठमाडौं– देवः विकास बैंकले क्यासलेस बैंकिङलाई प्रोत्साहन गर्ने हेतुले ग्राहकलाई विभिन्न सुविधा उपलब्ध गराएको छ । 
बैंकले पिओएस मेसिनबाट कारोबार गर्दा पुुस १ गतेदेखि कारोबार रकमको तीन प्रतिशत नगद फिर्ता योजना ल्याएको हो । नेपालभरी जुनसुकै भिजा नेटवर्कको एटिएमबाट नगद निकाल्दा शुल्क नलाग्ने व्यवस्थालाई यथावत राखी भारतमा समेत भिजा नेटवर्क–एटिएमबाट नगद निकाल्दा लाग्ने कारोबार शुल्क दुई सय ५० बाट घटाएर एक सय ५० रुपैयाँ कामम गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले मोबाइल बैंकिङ तथा देवः ई–बैंकिङबाट टप अप गर्दा कारोबार रकमको दुई प्रतिशत नगद फिर्ताको योजना ल्याएको जनाएको छ । बचत खातामा निःशुल्क भिजा डेबिड कार्ड, मोबाइल बैंकिङ र ई–बैंकिङ सुविधा दिइरहेको बैंकले जनाएको छ । 
 

यसमा तपाईको मत