बजार संक्षेप

गन्तव्य विस्तार गर्दै यती एअरलाइन्स

    2019-07-29

कालाइन्सठमाडौं- (रासस)– नजिकिएको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै धमाधम विमान भित्र्याईरहेको  निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एअरलाइन्सले आफ्नो व्यावसायिक गन्तव्य पनि विस्तार गर्ने भएको छ ।
व्यावसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पुर्याउने  उद्देश्यका साथ थपिएका एटीआर विमानलाई पुराना गन्तव्यका साथै थप नयाँ गन्तव्यमा पनि उडान भर्ने कम्पनीले जनाएको हो ।
यतीले आफ्नो सेवा विस्तारका क्रममा पाँचौं ‘एटिआर–७२–५००’ विमान शनिबार काठमाडौं भित्र्याएको  थियो। योसँगै कम्पनीसँग अब पाँचवटा एटिआर विमान छन् । नयाँ विमानले हालकै गन्तव्य तथा छिट्टै धनगढीमा पनि उडान सुरु गर्ने एअरलाइन्सका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले जानकारी दिए । 
यतीले अहिले चन्द्रगढी, विराटनगर, जनकपुर, पोखरा, भैरहवा र पर्वतीय उडान ‘माउन्टेन फ्लाइट’ सेवा दिइरहेको छ । नयाँ एटिआर विमान सञ्चालनमा आउन झण्डै दुई महिना लाग्नेछ । यतीले एक साताअघि पोखरामा पनि एटीआर विमानबाट सेवा सुरु गरेको घोषणा गरेको थियो ।
सन् १९९८ देखि उडान सेवा सुरु गरेको यतीसँग हाल एटिआर तथा पाँच जेटस्ट्रिम विमान र भगिनी संस्था तारा एअरको दुई डोर्निओर डिओ २२८ र चार ट्विनअटर विमान छन् ।

यसमा तपाईको मत