बजार संक्षेप

सि.जी.का घरायसी सामाग्रीको माग बढ्दो

  नागरिक   2020-01-12

काठमाडौँ- सि.जी.ले हालै नजिकिदो जाडोलाई लक्षित गरि विभिन्न किसिमका जाडोलाई टाढा राख्ने नयाँ घरायसी सामाग्रीहरु बजारमा ल्याएको थियो । सो सामानहरु सोचे भन्दा पनि बढि बिक्री भएको डिलर प्रवक्ताले बताएको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। जस अन्तर्गत रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रीक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रीक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मसहरु रहेका थिए । रुम हिटर र हेलोजिन हिटरमा हालै बिल्कुलै नयाँ स्वरुप र आकर्षक रंगहरुमा ल्याएको छ । जसले कोठालाई एकदमै न्यानो पार्ने, जाडोमा पनि सहजै नुहाउन सकिने बनाउन सि.जी.ले ग्याँस तथा इलेक्ट्रीक गरि दुई किसिमका गिजरहरु उपलब्ध गराएको छ भने केहि समयमानै कुनै झ्नझ्ट विना पानि तताउन विभिन्न आकर्षक मोडल र विभिन्न किसिमका इलेक्ट्रीक केटल र हटपटहरु रहेका छन् । तातिएका पानिलाई लामो समयसम्म पनि उस्तै बनाइराख्न भ्याकुम फ्ल्याक्स र थर्मसहरु पनि उपलब्ध रहेको जानकारी कम्पनीद्वारा जारी उक्त प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
 

यसमा तपाईको मत