बजार संक्षेप

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

  नागरिक   2019-10-04

काठमाडौं– मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको जनाएको छ । 
उक्त रकम स्व. बरालको छोरा सूर्यप्रसादलाई हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त रकम क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय प्रमुख बाबुराम ढकाल, बूढीबजार शाखाका शाखा प्रमुख रामचन्द्र रानाभाट तथा साना लघुबैंकिङ प्रमुख धु्रवराज घिमिरे र पोखरा–२७, का वडाध्यक्ष धनबहादुर नेपालीले आकस्मिक मृत्युपश्चात भुक्तान गरिसकेको साँवा र ब्याजबापतको रकम दुई लाख ७३ हजार नौ सय ८३ रुपैयाँ हस्तान्तरण गरेका हुन् । साथै काजकिरिया खर्चबापत पाँच हजार रुपैयाँ हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

यसमा तपाईको मत