अटो विशेष

डाट्सनको फेस्टिभ हट डिल योजना

  नागरिक   2021-08-25

नेपालमा डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले चाडवाडको अवसर पारेर ‘डाट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक गरेको छ।

कार खरिद गर्ने व्यक्तिका लागि यो योजना सुवर्ण मौका रहेको कम्पनीले जनाएको छ। यस योजनामा ग्राहकलाई दुई लाख चार हजार एक सय ५२ रूपैयाँ बराबरको विशेष सुविधा, एक लाख २५ हजार रूपैयाँ नगद छुटको साथै कार खरिद गर्ने ग्राहकलाई २७ हजार नौ सय ९९ रूपैयाँ मूल्य पर्ने रेडमी नोट १० एस प्रदान गरिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

साथै एक वर्षको बिमा तथा सवारी कर, वारेन्टी तथा सर्भिसिङको व्यवस्था पनि गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। योजना अन्तर्गत फाइनान्स तथा एक्सचेन्ज सुविधा पनि छ। 
 

यसमा तपाईको मत