बजार संक्षेप

सांग्रिला बैंकको प्रभातफेरी

  नागरिक   2019-11-04

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंकले १६  वर्ष प्रवेश गरेको अवसरमा प्रभावफेरी कार्यक्रम गरेको छ ।
शनिबार बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भएको प्रभातफेरी नक्साल भगवती मन्दिर, कमलपोखरी, कमलादी गणेशस्थान, घन्टाघर, रानीपोखरी दरबारमार्ग, नागपोखरी, गैरीधारा हुँदै पुनः केन्द्रीय कार्यालय पुगेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
‘सांग्रिला बैंकको सोच, हरेक नेपालीमा बैकिङ पहुँच’ नारासहित प्रभातफेरी आयोजना गरिएको बैंकले जनाएको छ । वार्षिक उत्सवकै अवसरमा बैंकले शुक्रबार रक्तदान कार्यक्रम तथा बैंकको सातवटै प्रदेश कार्यालयले सरसफाइ लगायत कार्यक्रम गरेको बैंकले जनाएको छ । 
 

यसमा तपाईको मत