बजार संक्षेप

सुबिसुको दसैं, तिहार अफर

  नागरिक   2019-09-16

काठमाडौं– केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा इन्टरनेट वा क्लियर टिभी सेवा प्रदान गर्ने भएको छ ।
आउँदै गरेको चाडलाई उपभोक्ताले हर्षोल्लासका साथ मनाउन् र इन्टरनेटको माध्यमबाट सर्वसुलभ मूल्यमा एकआपसमा खुसी साट्न पाउन भन्ने उद्देश्यले न्यूनतम मूल्यमा सेवा दिन लागेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
यस प्याकेजअन्तर्गत ग्राहकले करसहित ९९ रुपैयाँमा एक महिनाको लागि ३० एमबिपिएस इन्टरनेट सेवा अथवा सोही मूल्यमा क्लियर टिभी प्रिमियम प्याकेज प्राप्त गर्न सक्ने जनाइएको छ । जसमा ७५ भन्दा बढी एचडी च्यानलसहित दुई सय ७५ भन्दा बढी डिजिटल च्यानल छन् । साथै, करसहित एक सय ९८ मा ग्राहकले इन्टरनेट र क्लियर टिभी कम्बो प्याकेज सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसमा २५ एमबिपिएस इन्टरनेट र क्लियर टिभी प्रिमियम प्याकेज रहनेछ । 
 

यसमा तपाईको मत