बजार संक्षेप

कात्तिक २५ मा दराजको ‘बिग सेल डे’ (भिडियो)

  बिश्वास खनाल   2019-11-08

काठमाडौं – नेपालमा ‘दराज’ले यसपालि पनि नोभेम्बर ११ लाई संसारकै सबैभन्दा ठूलो सेल बनाउने भएको छ। नोभेम्बर ११ कात्तिक २५ मा पर्छ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कम्पनीले यसवर्षको ‘सेल डे’लाई भव्य बनाउन सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। उक्त योजनामा डेबिड वा क्रेडिट कार्ड प्रयोग गरेर पनि सहभागी हुन सकिने कम्पनीको भनाइ छ।

११.११ सेल अभियान पहिले चीनमा मात्र सीमित रहेकोे जनाउँदै कम्पनीले पछिल्ला वर्षमा यो संसारभर एउटा मनोरञ्जनात्मक ‘सेल डे’को रुपमा चिनिँदै आएको जनाएको छ।

कम्पनीले गत वर्षकोसेल डे भन्दा पनि ठूलो बनाउने अपेक्षासहित यसपटकको अभियानमा ग्राहकले न्यूनतम १५ प्रतिशतदेखि अधिकतम ८० प्रतिशतसम्म छुट पाउन सक्ने जनाएको छ।

दराजको नेपाल हेर्ने प्रबन्ध निर्देशक लिनो अलरिंगले अनलाइन सपिङका लगि यसपटक दराजले तीन हजारभन्दा बढी बिक्रेता, तीन लाखभन्दा बढी सामान रहने बताए। चार लाखभन्दा बढी प्रयोगकर्ताले सपिङमा सहभागिता जनाउने उनको अपेक्षा छ।‘सहज डेलिभरीका लागि आवश्यक क्षेत्र विस्तारसँगै यो वर्ष चार सय थप डेक्स हिरोहरु (डेलिभरी राइडर) तथा ५० जना कस्टमर केयर एजेन्ट थपेका छौं,’ उनले भने, ‘इलेभेन इलेभेन अभियान अन्तर्गत एक लाख अपेक्षित अर्डरको लागि कम्पनी तयार छ।’


 

यसमा तपाईको मत