बजार संक्षेप

कात्तिक २५ मा दराजको ‘बिग सेल डे’

  नागरिक   2019-11-06

काठमाडौं – नेपालमा बृहत् स्तरको अनलाइन‘सपिङ’ सुविधा दिइरहेको ‘दराज’ले यसपालि पनि नोभेम्बर ११ लाई संसारकै सबैभन्दा ठूलो सेल बनाउने भएको छ। नोभेम्बर ११ कात्तिक २५ मा पर्छ।

व्यस्तताबीच पछिल्लो समय नेपालमा अनलाइन सपिङप्रतिको आकर्षण बढ्दै जाँदा दराजले संसारकै सबैभन्दा ठूलो ‘सेल डे’ कात्तिक २५ गते मध्यरातबाट सुरुहुने घोषणा गरेको छ।

११.११ सेल अभियान पहिले चीनमा मात्र सीमित रहेकोे जनाउँदै कम्पनीले पछिल्ला वर्षमा यो संसारभर एउटा मनोरञ्जनात्मक ‘सेल डे’को रुपमा चिनिँदै आएको जनाएको छ।

कम्पनीले गत वर्षकोसेल डेभन्दा पनि ठूलो बनाउने अपेक्षासहित यसपटकको अभियानमा ग्राहकले न्यूनतम १५ प्रतिशतदेखि अधिकतम ८० प्रतिशतसम्म छुट पाउन सक्ने जनाएको छ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कम्पनीले यसवर्षको ‘सेल डे’लाई भव्य बनाउन सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। उक्त योजनामा डेबिड वा क्रेडिट कार्ड प्रयोग गरेर पनि सहभागी हुन सकिने कम्पनीको भनाइ छ।

दराजको नेपाल हेर्नेप् रबन्धनिर्देशक लिनो अलरिंगले अनलाइन सपिङका लगि यसपटक दराजले तीन हजारभन्दा बढी बिक्रेता, तीन लाखभन्दा बढी सामान रहने बताए। चार लाखभन्दा बढी प्रयोगकर्ताले सपिङमा सहभागिता जनाउने उनको अपेक्षा छ।‘सहज डेलिभरीका लागि आवश्यक क्षेत्र विस्तारसँगै यो वर्ष चार सय थप डेक्स हिरोहरु (डेलिभरी राइडर) तथा ५० जना कस्टमर केयर एजेन्ट थपेका छौं,’ उनले भने, ‘इलेभेन इलेभेन अभियान अन्तर्गत एक लाख अपेक्षित अर्डरको लागि कम्पनी तयार छ।’

गत वर्षको सेल डे अभियानमा कम्पनीले अन्य साधारण दिनको तुलनामा ८० गुना बढी व्यापार गरेकोउनले बताए। उक्त अभियानमा दुई लाखभन्दा बढी उपभोक्ता र एक हजारभन्दा बढी बिक्रेता एकै दिन दराजमा संलग्न भएकोसमेत उनको भनाइ छ।

दराजले सेल डेको दिन समान खरिद गर्नेलाई आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरेको उनले जानकारी दिए। ‘भारी छुटसहितको योजना अन्तर्गत नगद भौचरसहित लक्की ड्र कुपनमार्फत भाग्यशाली विजेताले कम्पनीको मेगा पुरस्कारमा यामाहा स्कुटर जित्न सक्नेछन्,’ उनले भने। यस वर्षको अन्य मेगा उपहारमा यामाहा रे जेडआर स्ट्रिट -याली,  इन–एप गेम, डेबिट/क्रेडिटमा छुट, सेक सेक, मेगा भौचर, मिस्ट्री बक्स, कलेक्टिबल भौचरहरु, दराज साथी, अर्ली बर्ड अफर, बन्डल अफर, फ्ल्यास सेल लगायत अफररहेको उनको भनाइ छ।

कार्यक्रममा बोल्दै नेपालस्थित दराजका चिफ अपरेटिङ अफिसर विमल अर्यालले अलिबाबाद्वारा अधिग्रहणपछि दराजमा ग्राहकको संख्याउल्लेख्य वृद्धि हुँदै गएकोबताए। ११.११ सेलको पूरै लाभ उठाउन सकून् भनेर दराजले बिक्रेतालाई निःशुल्क ट्रेनीङ दिँदै आएको उनको भनाइ छ। ‘नेपालभरीका दराजहबमा कलेक्सन पोइन्ट सेवा सुरु गरेका छौं,’ उनले भने। उक्त सेवाबाट उपभोक्ताको समय र पैसा बच्ने उनको विश्वास छ।

‘यस अभियानमा पूर्वी नेपालको काँकडभिट्टादेखि पश्चिम धनगढीसम्मका प्रमुख २६ सहरबाट दराजले सेवा प्रदान गर्नेछ,’ उनले भने, ‘क्यासलेस पेमेन्ट प्रणालीबाट सपिङलाई सहज र सुविधायुक्त बनाउन बैंक तथा वित्तीय संस्थासँग मिलेर कार्ड सिस्टम सञ्चालनमा ल्याएका छौं।’

नबिल, नेपाल इन्भेस्टमेन्ट, सानिमा, मेगा र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगको साझेदारीमा यसपटक डेबिट र क्रेडिट कार्डबाट अनलाइन पेमेन्ट गर्दा थप २० प्रतिशत अथवा मेगा सेलमा ३५ सय रुपैयाँसम्मको छुट पाउन सकिने उनको भनाइ छ।

कार्ड पेमेन्ट गेटवे सिस्टमबाट आफ्नो सेवा लिन डेबिट तथा क्रेडिट कार्ड प्रयोगले क्रेता तथा बिक्रेतालाई निकै सहज र सरल हुनेउनले विश्वास व्यक्त गरे।

सपिङलाई सहज बनाउन दराजले थप सुविधासहितको फिचर ल्याएको जनाउँदै उनले इमेज रिभ्यु र सेलरसँग प्रत्यक्ष च्याटगर्न मिल्ने लगायत सेवाले अभियानमा उल्लेख्य सहभागिता रहने उनको अपेक्षा छ।

कार्यक्रममा नबिल बैंकका सिइयो अनिलकेशरी शाहले सम्पूर्ण वित्तीय संस्थामा प्रविधिको विकाससँगै आम नागरिकको सहज पहुँच अन्तर्गत दराजले सेवा दिइरहेको बताए। ‘समयसँगै हाम्रो दैनिकीलाई पनि प्रविधियुक्त बनाउन सजिलो हुने भएकाले अहिले नेपालमा पनि ई–कमर्सले सफलता पाउँदै आएको छ,’ पत्रकार सम्मेलनमा शाहले भने।

अनलाइन प्रविधिसँग पछिल्लो समय युवामात्र नभएर व्यवसायी, उद्योगी, विद्यार्थी तथा गृहणीसम्म जोडिँदै आएका कारण यसको विकास सँगसँगै सुरक्षाको हिसाबले पनि यो क्षेत्र सुरक्षित माध्यम रहेको सिइओ शाहले बताए। ‘पहिले सुपरमार्केटहरु नयाँ हँुदा मानिसले त्यहाँ पाउने सामानको गुणस्तर र मोलमाथि धेरै प्रश्न, शंका गर्थे, अचेल मानिसहरु प्रायः जसो जे किन्नपनि सुपरमार्केट नै जान्छन् र समयको परिवर्तनसँगै घरमै बसेर अनलाइनबाट सपिङ गर्न थालेका छन्,’ उनले भने।

पसलदेखि सुपर मार्केट पुग्न धेरै समय लागे पनि सुपर मार्केटदेखि अनलाइन सपिङमा जान धेरै समय नलागेकोले अहिलेको समाजले यो प्रणालीअपनाउँदै आएको उनको भनाइ छ।

दराजले गत भदौमासन् २०२२ सम्ममा नेपालभित्र एक लाख रोजगारी सिर्जना गर्ने, ५० लाख उपभोक्तासामु अनलाइनमार्फत भुक्तानी सुविधा उपलब्ध गराउने, कम्पनीको प्रयोगकर्ताको संख्या ५० लाख पु-याउने लक्ष्य सार्वजनिक गरेको थियो।

सन् २०१२ मा सुरु भएको दराजले इन्टरनेट प्रविधिमा आधारित मोबाइल एपबाट कपडा, विद्युतीय सामग्री, धरायसी सामान, मोबाइल फोन, फर्निचरका सामग्री, सौन्दर्यका सामान लगायत ब्रान्डेड जुत्ता, खेल सामग्री तथा खुद्रा सामान उपयुुक्त छुटसहित उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ।

काठमाडौंसहित पोखरा, चितवन, वीरगन्ज, विराटनगर र अन्य सहरमा दराजले मोटरसाइकल र भ्यान (दराज एक्सप्रेस) बाटसेवा दिँदै आएको छ।

विश्वकै ई–कमर्सको रुपमा रहेको दराजले नेपाल जस्तै पाकिस्तान, श्रीलंका, बंगलादेश र म्यानमारमा पनि आफ्नो सेवाबाट ग्राहकका विभिन्न सुविधाका माध्यमबाट जहाँ पनि व्यापार गर्न सफल छौं भन्ने कुरा प्रमाणित गरिसकेकोे छ।

  •  

यसमा तपाईको मत