बजार संक्षेप

स्टक क्लियरेन्स मेलामा घुइँचो

  नागरिक   2019-09-22

काठमाडौं– राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । मेलामा सस्तो मूल्यमा सामान किनमेल गर्ने ग्राहकको घुइँचो लागेको आयोजक इभेन्ट सोलुसन प्रालिले जनाएको छ । 
चौथो दिनसम्ममा ८३ हजारले मेला अवलोकन गरेको उसको दाबी छ । असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक बिदा तथा शनिबार परेका कारण अवलोकनकर्ता बढी आएको आयोजकको विज्ञप्तिमा उल्लेख छ । 
मेलामा जुत्ता तथा चप्पल उद्यमी समुह अन्तर्गतका चारवटा स्वदेशी ब्रान्डको स्टलमा ग्राहकको चाप देखिएको बताइएको छ ।एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्यान्ड र जापानका उत्पादन तथा प्रदर्शकको सहभागिता रहेको आयोजकको भनाइ छ । 
 

यसमा तपाईको मत