बजार संक्षेप

बागलुङ मालपोतमा प्रभुको काउन्टर

  नागरिक   2019-09-19

काठमाडौं– प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । 
उक्त एक्सटेन्सन काउन्टरको मालपोत कार्यालयका प्रमुख केशवराज ढकाल र प्रमुख राजस्व अधिकृत बिष्णुप्रसाद शर्माले उद्घाटन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मालपोत कार्यालयमा आउने सेवाग्राहीले अब बिनाझन्झट उक्त एक्सटेन्सन काउन्टरबाट सम्बन्धित मालपोत कार्यालयको खातामा राजस्व रकम जम्मा गरी सरल र सहज रुपमा काम गर्न सक्ने बैंकले जनाएको छ ।
 

यसमा तपाईको मत