बजार संक्षेप

हिमालय एअरलाइन्सको वायुसेवा सञ्चालक समितिसँग सहकार्य

  नागरिक   2019-09-08

काठमाडौं– हिमालय एअरलाइन्सले समाजको कल्याणकारी कार्यका लागि वायुसेवा सञ्चालक समिति नेपालसँग सहकार्य गरेको छ । 
वायुसेवा सञ्चालक समितिको नेतृत्वमा यो वर्ष काठमाडौंको मातातीर्थस्थित मातातीर्थ वृद्धाश्रम समितिलाई सहयोग गरिएको छ । 
हिमालयले आश्रममा सरसफाइका आवश्यक सामग्री वितरण गरेको छ । वृद्धाश्रम समितिको अनुरोध अनुसार एअरलाइन्सले साबुन, सर्फ, शौचालय सामग्री, टावल, कुचो तथा कपाल काट्ने सामग्रीहरु उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख छ ।
हाल आश्रममा २५ वृद्ध महिला र पाँच सहयोगी बस्दै आएको कम्पनीले जनाएको छ ।
 

यसमा तपाईको मत