काठमाडौं– मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । सम्झौतामा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र कम्पनीका प्रबन्ध निर्देशक सन्तोष भेटवालले हस्ताक्षर गरेका छन् ।
अब रेमिट टू नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब चार हजार एजेन्टबाट सजिलै भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । हाल बैंकले निक्षेप तथा कर्जा सेवा, मोबाइल बैंकिङ, क्युआर पेमेन्ट, एटिएम, अनलाइन बैंकिङका साथै एक सय ३४ शाखाबाट सेवा दिँदै आएको छ ।
यसमा तपाईको मत