बजार संक्षेप

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

  नागरिक   2019-10-18

काठमाडौं– कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । 
सो सहकार्यपश्चात नेपाल ग्यासका वितरकले आफ्नो आम्दानी बैंकको क्युआर पेमेन्ट प्रणालीमार्फत अकाफ्नो बैंक खातामा सहज रूपमा संकलन गर्न सक्नेछन् । 
सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी तथा कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
अब नेपाल ग्यासका आधिकारिक बिक्रेताका लागिी बैंक आधिकारिक पेमेन्ट पार्टनर हुनेछ । बैंकका ग्राहकले प्रत्येक नेपाल ग्यास खरिदको भुक्तानीमा ५० रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 
ग्याँस सिलिन्डर खरिद बिक्रीको भुक्तानी बैंकको क्युआर पेमेन्ट प्रणालीमार्फत भएको खण्डमा मात्र उक्त क्यासब्याक सुविधा लागू हुनेछ । यसैगरी, बैंकले नेपाल ग्यासका वितरकलाई क्युआर पेमेन्ट प्रणाली लगायत बचतको बानी तथा बैंक खाता सञ्चालनसम्बन्धी आधारभूत प्रशिक्षण पनि दिएको छ । उक्त क्यासब्याक सुविधा सम्झौता कात्तिक १ गते देखि लागू हुने बैंकको विज्ञप्तिमा उल्लेख छ । 
हाल बैंकले एक सय सात शाखा , ९४ एटिएम्, तीन एक्सटेन्सन काउन्टर तथा आठ शाखारहित बैंकिङ ईकाई मार्फत सेवा दिदै आएको छ ।
                            

यसमा तपाईको मत