बजार संक्षेप

टोयोटा डिलर्स मिट सम्पन्न

  नागरिक   2020-01-31

काठमाडौं– टोयोटा मोटर्सको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) द्वारा आयोजित टोयोटाको आधिकारिक डिलर भेला सम्पन्न भएको छ । गत सोमबारदेखि पोखरामा सञ्चालन गरिएको उक्त बैठकमा युटिएसकी प्रबन्ध निर्देशक रीतु वैद्य लगायत देशभरका टोयोटा थ्रीएस डिलरले सहभागिता जनाएको कम्पनीले जनाएको छ ।
उक्त भेलाको उद्देश्य युटिएसले वर्षौंदेखि ग्राहकलाई प्रदान गर्दै आएको टोयोटाका सवारीको बिक्री र सेवाको सुधार गर्दै अझैं व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउनु रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
ग्राहकमाझ सर्वाधिक लोकप्रिय रहेको ब्रान्ड दाबी गर्ने टोयोटाले नेपालमा विगत ५० वर्षभन्दा बढी समयदेखि विभिन्न मोडलका सवारीहरु बिक्री वितरण गर्दै आएको छ । अधिराज्यभर पैmलिएको बिक्री वितरण सञ्जाल, सेवा केन्द्रले प्रदान गर्दै आएको सहज सेवा तथा सुविधाका कारण ग्राहकको आँखामा विश्वासिलो ब्रान्ड बन्न पुगेको टोयोटा भविष्यमा पनि यसरी नै ग्राहकको सेवा र सहजतामा तत्पर रहने कुरामा अडिग रहने कम्पनीले जनाएको छ ।     

यसमा तपाईको मत