बजार संक्षेप

टि.सि.एल.को  लक्की–ड्र सम्पन्न

  नागरिक   2019-12-02

काठमाडौँ- यस पालीको महान चाडपर्वलाई लक्षित गरी विश्वको टप २ टि.भि.ब्राण्ड टि.सि.एल. ले “बडा अफर Thailand को सफर” नामक स्किमको लक्की–ड्र टि.सि.एल.को आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी टंगालस्थित सोरुममा सम्पन्न गरिएको जानकारी कम्पनीद्वारा जारी गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। भाद्र १९ गते देखि कार्तिक ३० गते सम्म लागू गरिएको यो योजनामा टि.सि.एल.ब्राण्डको प्रत्येक उत्पादनहरु (एल.इ.डि. टि.भि., चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ्ग मेसिन) को खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहक महानुभावहरुले लक्की–ड्र मार्फत थाइल्याण्ड भ्रमण राखिएको थियो । फेसबुकबाट लाइभ गरिएको लक्की–ड्रमा वालिङ बजारकी सिता लमिछाने र देवचुलीकी सुमित्रा सापकोटा गरी २ भाग्यशाली जोडीहरुले थाइल्याण्ड जाने अवसर प्राप्त गरेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
 

यसमा तपाईको मत