बजार संक्षेप

सिजीको लक्की–ड्र सम्पन्न

  नागरिक   2019-11-25

काठमाडौं– चाडपर्वलाई लक्षित गरी सिजीले सार्वजनिक गरको ‘सिजीसँग उत्साह–उमंग, थाइल्यान्ड जाउँ परिवारसँग’ नामक योजनाको दोस्रो चरणको लक्की–ड्र सार्वजनिक भएको छ ।
गत भदौ २० गतेदेखि लागू गरिएको योजनामा सिजी ब्रान्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक उपहार राखिएको कम्पनीले जनाएको छ ।
मंसिर ६ गते सम्पन्न लक्की–ड्रमार्फत पोखराका सत्यराज कँडेल, धादिङका छन्दबहादुर सेन र रुपन्देहीका धनपति न्यौपाने गरी तीनजना भाग्यशाली जोडीले थाइल्यान्ड जाने अवसर प्राप्त गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाईको मत