बजार संक्षेप

आगामी साता कमिक कन नेपाल

  नागरिक   2019-09-08

काठमाडौं– कमिक कन नेपालले तेस्रो वार्षिक कार्यक्रम भदौ २७ र २८ गते गर्ने भएको छ ।
जिरोस्टारद्वारा प्रस्तुत, होन्डाद्वारा पावर्ड र ड्रिम स्टार इम्पेक्स, ओहाना, सुप्रिम एनिमे मार्ट र फ्यानटेक नेपालद्वारा सहयोग प्रदत्त कार्यक्रम ट्रिब्युट टू स्टान ली शीर्षकमा भस्–चित्र एडभर्टाइजिङको व्यवस्थापन, ओटाकु क्लबद्वारा गरिने कसप्ले निगरानी र वास्ड एरिनाले गर्ने गेमिङको प्राविधिक खण्डको व्यवस्थापनमा आयोजना हुने बताइएको छ ।
विज्ञप्तिअनुसार कमिक कन नेपाल एक त्यस्तो कार्यक्रम हो जहाँ असंख्य कमिक÷माँगा, आर्ट, एनिमेसन र गेमिङका फ्यानहरुले एकआपसमा भेट गर्नेछन् ।
आफ्नो रुचिलाई आर्ट र कसप्लेमार्फत् उजागर गर्दै आफ्ना चाहनाबारे छलफल र सहभागीले आफ्नै पोसाक निर्माण गर्न सक्ने तथा आफूलाई मनपर्ने चरित्र जस्तै पोसाक पहिरिएर प्रस्तुत हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले यो वर्ष प्रतियोगिताको पुरस्कार राशि पनि बढाएको जनाएको छ । जस अन्र्तगत चार विधाका स्पर्धामा (कसप्ले, गेमिङ, आर्ट र ए एमभी) का लागि अन्य थुप्रै पुरस्कारसँगैं चार लाख ५० नगद जित्न सक्ने कम्पनीले जनाएको छ ।

यसमा तपाईको मत