बजार संक्षेप

सिटिजन लाइफ र ई–सेवाबीच साझेदारी

    2019-09-06

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्सले अनलाइन पेमेन्ट सिस्टम ई–सेवासँग साझेदारी गरेको छ । 
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख सञ्चालन अधिकृत दशरथमनि खड्का र ई–सेवाका कार्यकारी अधिकृत सुभाष सापकोटाले उक्त सम्झौतामा हस्ताक्षर गरहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्झौता अनुसार ई–सेवा अनलाइन पेमेन्टमार्फत बिमाशुल्क भुक्तानीका लागि सहज र सरल भएको र सिटिजन लाइफका उपभोक्तालाई थप नयाँ सुविधा प्रदान गरिने जनाइएको  छ । 
 

यसमा तपाईको मत