बजार संक्षेप

सेलपेको सस्तोडिलसँग सहकार्य

  नागरिक   2019-12-25

काठमाडौं– नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले ईकमर्स प्लेटफार्म सस्तोडिलसँग सहकार्य गरेको छ । उक्त सहकार्य अनुसार आगामी क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै सेल ए ब्रेसन अफरको लागि सहकार्य गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त अफर २४ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० सम्म लागू हुने जनाइएको छ । 
योजना अन्तर्गत ग्राहकले सस्तोडिलमार्फत प्रथमपटक कुनै पनि सामान किन्दा ४० प्रतिशत छुट सेलपे एपमा लोयल्टी पोइन्टसको रुपमा पाउनेछन् भने थप १० प्रतिशत छुट सामानको खरिदमा चेकआउट गर्दा पाउन सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महसुल भुक्तानी, विभिन्न पसल, रेस्टुरेन्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर लगायत सेवा लिन सकिने जनाइएको छ । साथै सेलपे सेवासँग आवद्ध भएका बैंकका ग्राहकले सहज रुपमा यो सेवा लिन सक्ने उल्लेख छ ।
 

यसमा तपाईको मत