बजार संक्षेप

कोका–कोलाको नयाँ अभियान सुरु

  नागरिक   2019-10-02

 काठमाडौं– कोका–कोलाले आफ्ना उपभोक्तालाई दसैं–तिहार मनाउने एक नयाँ तरिका भन्दै आफ्नो प्रवद्र्धन योजना सार्वजनिक गरेको छ ।  
कम्पनीले ‘माइ मम् मेक्स् माइ दसैं स्पेसल’ थिमसहित नयाँ दसैं क्याम्पेन सार्वजनिक गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । यो अभियानले आमाले हाम्रो दसैं र तिहारलाई विशेष बनाउन र हाम्रो चाडपर्वलाई खुसीयाली बनाउन निःस्वार्थ काम तथा अथक प्रयास गर्छन् भन्ने सन्देश दिने कम्पनीको विश्वास छ । आमाको उपस्थिति र प्रयासका कारण नै दसैं हर्ष, खुसी र उत्सवका साथ सुरु हुने विज्ञप्तिमा उल्लेख छ ।
आमाले निर्वाह गर्ने भूमिकालाई सम्मान गर्दै कोका–कोलाले चाडपर्वको अवसरमा हामीले आमालाई बोलाउने प्रिय शब्द आमा, माई, मुवा, मामु, मम्मी र मा लेखिएको ६ वटा नयाँ लेबल ल्याएको छ । दसैं र तिहारमा आमाहरुले निर्वाह गर्ने महœवपूर्ण भूमिकालाई सम्मान गर्दै यी लेबल नियमित लेबलको ठाउँमा राखिएको छ । यो लेबललाई चाडपर्वको झलकको स्पर्श दिन शिल्पकृति र टेक्स्टलाई सुनौंलो रंगमा दशैंको विभिन्न तत्व जस्तै चंगा, दसैंको पिङ, सयपत्री फूल लगायत राखिएको छ ।
यसका अतिरिक्त, यो सन्देश कोका–कोला नेपालको हालको टिभी कमर्सियलमा पनि सुन्दर ढंगले हाइलाइट गरिएको कम्पनीले जनाएको छ । 
 

यसमा तपाईको मत