बजार संक्षेप

कोका–कोला ‘नेपाल आइडल सिजन ३’ को मुख्य प्रायोजक

  नागरिक   2019-09-18

काठमाडौं– कोका–कोलाले रियालिटी टेलिभिजन गायन प्रतियोगिता ‘नेपाल आइडल’ सिजन ३ मा मुख्य प्रायोजन गरेको छ ।
नेपाल आइडलले हालै देशभरको विभिन्न सहरमा अडिसनको घोषणा गरेको छ । पप आइडलको नेपाली फेन्चाइज–नेपाल आइडल तथा निकै प्रसिद्ध सो एपी१ टेलिभिजनमार्फत प्रसारण हुनेछ जसले नेपालका इच्छुक र प्रतिभाशाली गायकलाई प्लेटफर्म प्रदान गर्नेछ ।
कोका–कोला सदैव गीत संगीतसँग जोडिँदै आइरहेको छ र नेपालमा पहिलोपटक कोका–कोलाले गायन रियालिटी सोमा प्रायोजन गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाईको मत