बजार संक्षेप

फ्रन्टलाइन हिरोलाई कोका–कोलाको ‘धन्यवाद’

  नागरिक   2021-10-28

‘धन्यवाद’ थिमको दसैं अभियानको एक हिस्साको रूपमा कोका–कोलाले कोभिड–१९ को समयमा अग्रस्थानमा खटिएका विभिन्न क्षेत्रका अग्रणी योद्धालाई समर्पित गरी अन–ग्राउन्ड एक्टिभेसन गर्दै आइरहेको छ।

आफ्नो अन–ग्राउन्ड एक्टिभेसनको आधा मार्ग पूरा गर्दै कोका–कोलाले पाटन अस्पताल, वीर अस्पताल र विभिन्न गैरसरकारी संस्था जस्तै आरएनए–१६, अभ्नी भेन्चर, डोको रिसाइक्लर्स, ब्लु बेस्ट २ भ्यालु र सानो पाइलामा आफ्नो पहुँच पुर्‍याएको छ।

कोका–कोलाले सरकारी तथा गैरसरकारी र विभिन्न स्वास्थ्य संस्थाका अग्रपंक्तिका नायकसँग संलग्न रहेर ‘धन्यवाद’ उपहार बक्सलाई बाँढ्दै आइरहेको छ।

यसमा तपाईको मत