बजार संक्षेप

नेपाल टेलिकम र सडक विभागबीच सहकार्य

  नागरिक   2020-01-08

काठमाडौं– नेपाल टेलिकम र सडक विभागबीच सडक र दूरसञ्चार पूर्वाधार निर्माणको क्रममा सहकार्य गरी अघि बढ्ने समझदारी भएको छ ।
सोसम्बन्धी समझदारीपत्रमा सडक विभागका महानिर्देशक केशवकुमार शर्मा र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन् ।
सडक विभागले द्रुत गतिमा देशभर सडक निर्माण तथा विस्तारको कार्य अगाडि बढाइरहेको र नेपाल टेलिकमले सर्वसाधारण जनताको लागि अत्यावश्यक सञ्चार सेवा मुलुकको अति विकट स्थानसम्म पु¥याइरहको अवस्थामा सहकार्य आवश्यक रहेकाले समझदारी गरिएको कम्पनीले जनाएको छ ।
समझदारी अनुसार सडक विभागबाट सडक निर्माण तथा स्तरोन्नति गर्ने क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक डक्ट बिछ्याइने छ । यस्ता डक्ट बिछ्याउन आवश्यक पर्ने रकम सम्बन्धित आयोजनाको विस्तृत योजना र अनुमानित लागत अनुसार गरिने सिल कोटेसन वा बोलपत्र बमोजिम निक्र्र्यौैल भएको दररेटबमोजिम नेपाल टेलिकमले सडक विभागलाई भुक्तानी गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत