बजार संक्षेप

डिएभी वातावरण क्लबद्वारा सरसफाइ

  नागरिक   2020-01-05

काठमाडौं– डिएभी कलेजको वातावरण क्लबले ललितपुरको बज्रबाराही मन्दिर परिसरमा सरसफाइ गरेको छ । क्लबका अध्यक्ष एवं अंग्रेजी विभागीय प्रमुख गुरुप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डिएभीका कक्षा ११ र १२ का गरी एक सय ५० विद्यार्थीको सहभागिता रहेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कलेजका डाइरेक्टर सुमन बस्नेतले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको जनाएका छन् ।
 

यसमा तपाईको मत