बजार संक्षेप

सिभिल बैंक–एनबिआई सम्झौता

  नागरिक   2019-12-19

काठमाडौं– सिभिल बैंक र नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) बीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार एनबिआईले बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउने छ । 
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एनबिआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल बैंकले एक सय एक शाखा तथा ८० एटिएममार्फत सेवा दिइरहेको छ ।
 

यसमा तपाईको मत