बजार संक्षेप

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

    2019-07-18

काठमाडौँ- समृधिको लागि सिभिल बैंक भन्ने नारा सहित अगाडी बढेको सिभिल बैंक अब आइ एस ओ 9001:2015 प्रमाणित बैंक बन्न सफल भएको छ। सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ एस ओ सर्टिफ़िकेसन को आधिकारिक संस्था युनाइटेड रजिस्टार अफ सिस्टमसका नेपाल प्रतिनिधि प्रकाश पौडेलले बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई प्रदान गरे। 

आइ एस ओ ९००१:२०१५ प्रमाणपत्र कुनै पनि संस्थाले आफ्नो सेवा र सुविधालाई ग्राहक केन्द्रित बनाउन परिस्कृत गर्दै अनवरत रुपमा अन्तराष्ट्रियस्तरको सेवा तथा सुविधाहरु प्रदान गर्दा पाइने गुणस्तरको प्रमाणीकरण हो र त्यस संस्थाले नियमनकारी निकायहरुद्वारा जारी गरिएको सबै नियम तथा कानुनहरुको पालना गरिएको प्रमाणीकरण पनि हो।  

सिभिल बैंकका अध्यक्ष ई. इच्छा राज तामांगले अब सिभिल बैंक भन्दा पनि राम्रो बैंकसंग मर्जरमा जाने पनि उनले बताए त्यस्तै आगामी दिनहरुमा ग्राहकहरुकै सेवामा केन्द्रित भएर अगाडी बढ्ने प्रतिबद्धता गरे। 

यसमा तपाईको मत