बजार संक्षेप

सिभिल बैंक – हेल्भेटास सम्झौता

  नागरिक   2019-12-01

काठमाडौं– प्रदेश नम्बर २ र कर्णाली प्रदेशका वित्तीय पहुँच नपुगेका स्थानीय तहमा पहुँच पुर्याउनुका साथै सीप प्रवर्धन, व्यावसायिक कृषि तथा उत्पादनमूलक तालिम प्रदान गरी उक्त क्षेत्रको कृषि व्यवसायलाई आधुनिकीकरण तथा बजारीकरण गर्ने विषयमा सिभिल बैंक र हेल्भेटास स्विस इन्टरकर्पोरेसन नेपालबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र हेल्भेटासका राष्ट्रिय निर्देशक भरतकुमार पोखरेलले हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्झौताअनुसार हेल्भेटासले प्रदेश नम्बर २ र कर्णाली प्रदेशभित्रका स्थानीय कृषकलाई प्राविधिक तालिम प्रदान गर्नुका साथै कृषि बजार व्यवस्थित गर्न काम गर्नेछ । उक्त कार्यका लागि बैंकले वित्तीय साक्षरता प्रदान गर्दै सो क्षेत्रमा शाखारहित एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्ने जनाइएको छ । 
मुलुकको विकासको निम्ति स्थानीय तहको स्रोत साधन परिचालन गर्दै स्वरोजगारीको क्षेत्रमा काम गर्न सम्झौताले महत्वपुर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।

यसमा तपाईको मत