बजार संक्षेप

स्कुललाई सिभिल बैंकको सहयोग

    2019-08-30

काठमाडौं– सिभिल बैंकले को बन्छ करोडपति कार्यक्रममा सहभागी भएका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा हाँस्य कलाकार एवं प्रस्तोता सन्दिप क्षेत्रीले जितेको एक लाख साठी हजार रुपैयाँमा थप गरी तीन लाख पु¥याई गत वर्ष आएको हावा–हुरी प्रभावित विद्यालयको संरचना मर्मतका लागि सहयोग गरेको छ ।
पर्सा, खुतुवा पर्र्सौनीमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भवनको छत मर्मतको लागि सो रकम हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकका प्रमुख माइक्रो बंैकिङ युवराज गुरागाईंले उक्त रकम विद्यालयका प्रधानअध्यापक रामेश्वरप्रसाद यादवलाई हस्तान्तरण गरेका छन् । यसअघि पनि बाराको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय जितपुरको छत मर्मतको लागि बैंकले रकम प्रदान गरेको जनाएको छ । हाल बैंकले ९६ शाखामार्पmत सेवा प्रदान गरिरहेकोे जनाएको छ ।

यसमा तपाईको मत