बजार संक्षेप

सिभिल बैंक लिमिटेडद्वारा दूर्घटना मृत्यू बीमाको दाबी रकम भुक्तानी

    2019-08-04

काठमाडौँ- “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले केहि महिना अगाडी ल्याएको “सम्मान बचत खाता” मा आकर्षक ब्याजको अलावा औषोधपचार खर्चमा रु.एक लाखसम्म र दुर्घटना मृत्युमा रु.सात लाखसम्मको बीमा सुबिधा प्रदान गरिएको थियो जसको लागी निश्चित रकम खातामा राख्नैपर्ने भन्ने बाध्यता छैन । 

सिभिल बैंकले “सम्मान बचत खाता“ खोल्नु भएका साहिद अली मनीहारको दूर्घटनामा परी मृत्यु भएकोमा दुर्घटना मृत्यु बीमा अन्तर्गत रु.सात लाखको चेक निजको श्रीमति नूर जहाँ मनीहारलाई प्रदान गरेको बैंकको प्रेस बिज्ञप्तिमा उल्लेख छ। 

सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

यसमा तपाईको मत