बजार संक्षेप

सिभिल बैंकले ल्यायो एन्यूटी डिपोजिट निक्षेप योजना

  नागरिक   2019-09-08

काठमाडौँ- सिभिल बैंक लिमिटेडले नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ जुन बचत र मुद्दतीको समायोजन गरी बनाईएको निक्षेप योजना हो । एन्यूटी डिपोजिट योजना भनेको भविष्यमा आफुलाई चाहिने रकमको व्यवस्थापन गर्न बचतकर्ताले निश्चित अवधि तोकी समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्नेछ र ईच्छयाईएको रकम सो अवधि पश्चात एक्मुष्ठ प्राप्त गर्ने जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
 
सिभिल एन्यूटी डिपोजिट बाट बचतकर्ताले आवश्यक मासिक रकम बचत गरी योजनाको अन्तमा साँवा तथा ब्यााजको एक्मुष्ठ रकमको लाभ पाउन सक्नेछन् । आवश्यक परेको वखत ३ महिनापछि यो निक्षेप खाता बन्द गर्न मिल्ने वा, मौज्दात रकमको ६०% सम्म ऋण निकाल्न मिल्ने सुविधा प्रदान गरीएको जानकारी उक्त प्रेस बिज्ञप्तिमा उल्लेख छ।

यसमा तपाईको मत