बजार संक्षेप

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको उर्लाबारीमा

    2019-08-07

काठमाडौँ- “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले मोरङ जिल्लाको उर्लाबारीमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागोले गरेको बैंकको प्रेस बिज्ञप्तिमा उल्लेख छ। 

उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको जानकारी दिइएको छ।

साथै उक्त उद्घाटन समारोहमा प्रमुख अतिथि तथा उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागोद्वारा महिला बिकास तथा बालबालिका चेतना केन्द्रलाई आर्थिक सहयोग स्वरुप सिभिल बैंकको तर्फबाट चेक हस्तान्तरण गरियो।


 

यसमा तपाईको मत