बजार संक्षेप

सिभिल बैंकको शाखा अब सिराहाको धनगढीमाईमा

    2019-07-08

काठमाडौँ- सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सिराहाको धनगढीमाईमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाको मेयर हरि नारायण चौधरीले गर्नुभयो ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
धनगढीमाई शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ९० पुगेकोे पनि बैंकले जनाएको छ । 

     
   
 

यसमा तपाईको मत