बजार संक्षेप

सिभिल बैंकको शाखा अब पाँचथरको रविमा

    2019-08-09

काठमाडौँ- सिभिल बैंकले पाँचथर जिल्लाको रविमा शाखा संचालनमा ल्याएको हो। सो शाखाको उद्घाटन मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले गरेको जानकारी बैंकको प्रेस बिज्ञप्तिमा उल्लेख छ। 

उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको उक्त बिज्ञप्तिमा उल्लेख छ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले त्यस क्षेत्रको बढ्रदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पुर्याउने कुरा बताए ।

    
 
 

यसमा तपाईको मत