बजार संक्षेप

सिभिल बैंक भीमसेनस्थानमा

  नागरिक   2020-02-09

काठमाडौं– सिभिल बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर २० मा पर्ने भीमसेनस्थानमा शाखा विस्तार गरेको छ । 
उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेको बैंकले जनाएको छ । शाखा उद्घाटन कार्यक्रममा वडा नम्बर २० का वडाअध्यक्ष राजेन्द्र मानन्धर, बैंकका अध्यक्ष इच्छाराज तामाङ, प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, राजनीतिक व्यक्तित्व, उद्योगी, व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको बैंकले नजाएको छ ।
सो अवसरमा बैंकका अध्यक्ष इच्छाराज तामाङले परोपकार आदर्श माविमा कक्षा ९ मा अध्ययनरत सुनी राईलाई बैंकको सिएसआर अन्तर्गत मासिक तीन हजारका दरले प्रदान गर्ने सहयोग रकमको एक वर्षको ३६ हजार विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यसमा तपाईको मत