बजार संक्षेप

सिटी एक्सप्रेस ग्रुपलाई प्रधानमन्त्रीद्धारा सम्मान

  नागरिक   2019-09-30

काठमाडौँ- सिटी एक्सप्रेस ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट दिएर सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। यसै अनुरुप भक्तपुर स्थित मानव सेवा आश्रमको १६ औ आश्रम उद्घाटन समारोहमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीद्वारा सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाइ सम्मान प्रदान गरेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
समाजको सकरात्मक रुपान्तरण एवं मानविय सेवाको कार्यमा मानवसेवा आश्रमले पुर्याउदै आएको  योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको हो । बिगत १३ वर्ष देखि बिश्वभरी आफ्नो रेमिट एजेन्ट्हरु बाट सात हजार भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेस ग्रुप अन्तर्गत मनि ट्रान्सफर, फाउन्डेशन, फाईनान्स, आईटी कम्पनी, टेडिङ्ग, म्यानेजमेन्ट लगायत थुप्रै कम्पनीहरु आबद्ध छन्। 


      

यसमा तपाईको मत