बजार संक्षेप

सिटी एक्सप्रेसद्वारा  स्तन कयान्सर पिडित आर्थिक सहयोग संकलन

    2019-08-04

काठमाडौँ- इराक स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ, कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी र हिमालयन शेर्पा युनिक ग्रुप को संयुक्त पहलमा स्तन कयान्सर पिडित,भोटेकोशी गाउँपालिका, ०५ निवासी पेम्बा डोल्मा शेर्पालाई उपचारको निम्ति आर्थिक सहयोग संकलन गरिएको हो। संकलनबाट जम्मा भएको कुल रकम रु १,९६,९६४ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसको अधिकारीक एजेन्ट अल ताईफ मार्पmत प्राप्त भई र थप रु १३,०३६ सिटी एक्सप्रेस मनी ट्रान्सफर काठमाण्डौंबाट एक मुष्ट गरि कुल रकम रु २,१०,००० सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक श्री चन्द्र टण्डनले उपचारको लागि कयान्सर पिडित ४८ बर्षिय पेम्बा डोल्मा शेर्पालाई हस्तान्तरण गरेको कम्पनीको प्रेस बिज्ञप्तिमा उल्लेख छ। विगत २ वर्ष देखि सिटी एक्सप्रेस मनि ट्रान्सफरले इराक स्थित अल ताईफ इस्लामिक बैंकसँग विप्रेषण सहकार्य गर्दै आईरहेको छ ।

 

यसमा तपाईको मत