बजार संक्षेप

अब सिटी एक्सप्रेस पनि कनेक्ट आईपिएस मा आवद्ध

  नागरिक   2019-09-05

काठमाडौँ- सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस बिच अब अन्तर र्बैक भुक्तानी प्रणाली सेवा सुरु भएको छ । उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपिएस मार्फत ८० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुबाट हुने जानकारी जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ। सो सेवा अन्तर्गत अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिटान्स कारोबारहरु Connect IPS e-Payment मार्फत  real-time र  NCHL-IPS मार्फत तोकिएको सीमामा उक्त कारोबारहरु भुक्तानी गर्न सकिनेछ। उक्त सम्झौता पत्रमा नेपाल  क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नीलेश मान सिंह प्रधान ज्यू र सिटि एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक श्री चन्द्र टण्डनले  हस्ताक्षर गरेको जनाएको छ।

यसमा तपाईको मत