अटो विशेष

१ करोड ३५ लाखको सिट्रोन नेपालमा

  नागरिक   2021-09-19

नेपाली बजारमा फ्रान्सेली प्रिमियम अटो ब्राण्ड सिट्रोन पहिलो पटक भित्रिएको छ। विश्वप्रसिद्ध ब्राण्ड सिट्रोनलाई गोल्छा अर्गनाइजेशन अन्तर्गतको साङ्ग्रिला मोटर्स प्रालिले नेपाली बजारमा भित्र्याएको हो ।

पहिलो पटक सिट्रोनको नविनतम उत्पादन ‘सी–फाइभ एयरक्रस एसयूभी’ बजारमा भित्रिएको छ भने कम्पनीले हालैमात्र ब्राण्डको व्यवसायिक औपचारिकता शुरु गरेको छ।

१.६ (१६००) सीसी पेट्रोल इन्जिनमा उपलब्ध सी–फाइभ प्रिमियम सेग्मेन्टमा उत्कृष्ट र सुरक्षित एसयूभी रहेको कम्पनीले जनाएको छ।हालका लागि सी–फाइभ एयरक्रस एसयूभी एउटा मात्र मोडल भित्र्याएको कम्पनीले निकट भविष्यमा नै अन्य इन्ट्रिलेभल तथा मिडियम क्लासका कारहरूसमेत भित्र्याउने जनाएको छ ।  प्रारम्भमा सिट्रोन सी–फाइभ एयरक्रसको बजार मूल्य कम्पनीले एक करोड ३५ लाख तोकेको छ ।

 

यसमा तपाईको मत