बजार संक्षेप

सिटिजन्स स्मार्ट बचत खाता

  नागरिक   2020-02-06

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले युवावर्ग तथा प्रविधिमैत्री व्यक्तिलक्षित सिटिजन्स स्मार्ट बचत खाता सुरु गरेको छ । 
यस निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकले यो खाता बैंकको कुनै पनि शाखामा शून्य मौज्दातमा खोल्न पाउने बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत ग्राहकले निःशुल्क अन्तरशाखा कारोबार, अनलाइन कारोवार गर्न सुरक्षित थ्रिडी सेक्युअर प्रविधिमा निःशुल्क दर्ता तथा निःशुल्क डिम्याट खाता खोल्न पाउने जस्तासुविधा रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसका ग्राहकले डेबिट कार्ड, इ–बैंकिङ र मोबाइल बैंकिङमा प्रत्येक वर्षको वार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउने जनाइएको छ । 
 

यसमा तपाईको मत