बजार संक्षेप

सिटिजन्सको इन्टरनेट बैकिङ सेवा विस्तार

  नागरिक   2019-10-02

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले ‘एक्सप्रेस बैंकिङ’ नामक इन्टरनेट बैंकिङ  सेवा विस्तार गरेको छ । 
नयाँ कायम रहेको इन्टरनेट बैंकिङमा अन्तरबैंक रकम स्थानान्तरण, विधुत् महसुल भुक्तानी, केबल, इन्टरनेट सेवाको भुक्तानीको साथै हवाई टिकट खरिद लगायत सुविधा थप गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
बैंकले यसअगावै एक्सप्रेस बैंकिङमार्फत स्टेटमेन्ट हेर्न, टेलिफोन, इन्टरनेट, मोबाइल आदिको बिल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको बिल भुक्तानी गर्न साथै स्कुल तथा कलेजको शुल्क तिर्न सकिने सुविधा उपलब्ध गराइसकेको छ । 
हाल बैंकले निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, बैंकास्योरेन्स, आस्बा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै ८२ शाखा, ७९ एटिएम र एक सय दुई शाखा रहित बैंकिङ एकाइबाट सेवा दिँदै आएको जनाएको छ । 

यसमा तपाईको मत