बजार संक्षेप

कोहलपुरमा सिटिजन्स बैंकको शाखा

  नागरिक   2019-09-05

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले बाँकेको कोहलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
सञ्चालक समितिका सदस्य प्रकाशचन्द्र मैनालीले उक्त शाखाको उद्घाटन गरेको बैंकद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
उक्त शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।
बैंकले निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्बा, ड्राफ्ट, कार्ड सेवाका साथै बैंकले ८२ शाखा, ७८ एटिएम र ९९ शाखारहित एकाइमार्फत सेवा दिँदै आएको जनाएको छ ।
 

यसमा तपाईको मत